पन्जाबको संगरुर जिल्लामा नक्कली रक्सी पिउँदा २० जनाको मृत्यु
News Desk
Mar-24 , 2024 तारिख 06:17 बिहान

पन्जाबको संगरुर जिल्लामा नक्कली रक्सी पिउँदा २० जनाको मृत्यु भएको छ।

बीबीसी हिन्दीका अनुसार रक्सी खाएका धेरै जनाको अस्पतालमा उपचार भइरहेको छ।

राज्यका एडीजी (कानुन र व्यवस्था) गुरिंदर सिंह ढिल्लोनका अनुसार प्रहरीले यस सम्बन्धमा तीनवटा मुद्दा दर्ता गरेको छ र आठ जनालाई पक्राउ गरेको छ।

भारतीय जनता पार्टीले यस विषयमा राज्यको आम आदमी पार्टी सरकार र मुख्यमन्त्री भगवन्त मानको आलोचना गरेको छ।

धेरै पढिएको