News Desk
रूसका प्रधानमन्त्री मिखाइल मिसुस्टिनले रूसले पश्चिमा मुलुकहरूको आर्थिक नाकाबन्दीबाट सकुशल अघि बढ्न सफल भएको बताएका छन्।
रूसी राज्य डुमालाई सम्बोधन गर्दै मिसुस्टिनले मित्रराष्ट्रहरूसँगको व्यापार कारोबार बढेको बताए। उनले चार वर्षअघि सम्पूर्ण विश्वसँग रूसको व्यापारको मात्रासँग तुलनायोग्य भएको प्रतिक्रिया दिए।
‘चीन, भारत, टर्की, बेलारुस, कजाकिस्तान, संयुक्त अरब इमिरेट्स, अफ्रिका र ल्याटिन अमेरिकासँगको व्यापारमा भएको वृद्धिले युरोपेली संघसँगको व्यापार कारोबारमा आएको कमीलाई धेरै हदसम्म क्षतिपूर्ति गरेको छ’, उनले भने।
मित्रराष्ट्रका होनहार साझेदारहरूसँग व्यापार सम्बन्ध लाई बढावा दिनु रूसको उच्च प्राथमिकतामध्ये एक रहने भन्दै उनले ७७ प्रतिशत वैदेशिक व्यापार मित्रराष्ट्रहरूसँग भएको तथ्यांक पेश गरे।