News Desk
दक्षिण-पश्चिमी जापानमा बुधबार राति शक्तिशाली भूकम्प गएको छ l
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्थानीय समय बुधबार राति ११ बजेर १४ मिनेटमा ६।४ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको केन्द्र उवाजिमाबाट करिब १८ किलोमिटर पश्चिममा क्युशु र शिकोकु टापुलाई विभाजन गर्ने च्यानलमा करिब २५ किलोमिटर गहिराइमा रहेको जनाइएको छ।
तर भूकम्पबाट अहिलेसम्म कुनै क्षतिको विवरण आएको छैन भने सुनामीको कुनै खतरा नरहेको जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) ले जनाएको छ। तर सर्तक रहन आग्रह गरिएको छ।