सिक्किम विधानसभाका ३२ मध्ये गोलेको पार्टिलाई ३१ सिट, बढारिए चाम्लिङ
News Desk
Jun-04 , 2024 तारिख 06:00 बिहान

सिक्किम । २५ वर्ष सिक्किमको शासन चलाएर एक कार्यकाल सत्ताबाहिर रहेका पवन चाम्लिङलाई यसपालिको चुनावसँग ठूलो आशा थियो। यो चुनावले आफूलाई सत्तामा फर्काइदिने अपेक्षा उनले गरेका थिए। त्यसका लागि उनले कुनै कसर छाडेका थिएनन।

तर, आइतबार सार्वजनिक नतिजाले उनलाई निराश पारेको छ। उनकै पूर्वसहकर्मी प्रेमसिंह तामाङ (पीएस गोले) को पार्टी सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले एकबाहेक सबै सिट जित्दा चाम्लिङको पार्टी सिक्किमबाट बढारिएको छ।

सिक्किम विधानसभाका ३२ मध्ये चाम्लिङको सिक्किम लोकतान्त्रिक मोर्चाले मात्र एक सिटमा चित्त बुझाउनु पर्‍यो। उसले अघिल्लोपालि जितेका १४ सिट गुमाउँदा ३१ सिट जित्दै तामाङले दोस्रो पटक मुख्यमन्त्रीको पद सुनिश्चित गरेका छन।

 

धेरै पढिएको