News Desk
एक दशकयता भारतमा कमजोर विपक्षी मंगलबार मतपरिणाम सार्वजनिक हुँदै गर्दा कंग्रेसले सोचेभन्दा धेरै राम्रो गर्ने देखिएको छ। कंग्रेस र उसका सहयोगी दलहरुले २३० हाराहारी सिट जित्ने देखिएको छ।
यसबाट कंग्रेस मुख्यालय दिल्लीको माहौल नै उत्सवमय बन्न पुगेको छ।
भाजपाले एकपछि अर्को चुनाव विशाल अन्तरले जितिरहँदा भारतको राजनीतिको केन्द्रमा रहेको दाबी गर्ने कंग्रेस भने दिशाविहीन देखिएको थियो। उसले भाजपाको हिन्दुत्वको वैचारिक विकल्प पनि दिन सकेको थिएन।
पार्टी अलमलिइरहँदा उसका थुप्रै नेता भाजपामा सामेल हुन पुगेका थिए।
यद्यपि, यसपटक कंग्रेस एक्लै एक सय सिट जित्ने सँघारमा छ। जुन, अघिल्लो पालिको भन्दा दोब्बर हो। यो नतिजाबाट धेरैले कंग्रेस ब्युँतिन थालेको निष्कर्ष निकालेका छन्।