एकै परिवारका पाँचजना घरभित्र झुण्डिएको अवस्थामा फेला
News Desk
Jul-03 , 2024 तारिख 06:31 बिहान

भारतको मध्यप्रदेशमा श्रीमान्, श्रीमती र तीन छोराछोरीसहित एकै परिवारका पाँचजना घरभित्र झुण्डिएको अवस्थामा फेला परेको स्थानीय प्रहरीले मङ्गलबार जनाएको छ।

 घटना राज्यको अलिराजपुर जिल्लाको एक गाउँबाट रिपोर्ट गरिएको थियो। उक्त दुःखद घटनाले स्थानीय बासिन्दाहरूमा शोकमा डुबेका छन।

राज्यको प्रहरी विभागका एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार घटनाको अनुसन्धान गर्न विशेष अनुसन्धान टोली (एसआइटी) गठन गरिएको छ। 

मृतकको शव परीक्षणका लागि पठाइएको उनले बताएका छन। कारण खुलिसकेको छैन।