मालीमा आक्रमणमा परि कम्तीमा ४९ जनाको मृत्यु
News Desk
Jul-04 , 2024 तारिख 06:14 बिहान

मालीको बन्दियागारा क्षेत्रको एक गाउँमा आतंककारी आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ। यो घटना सोमबारको भए पनि अधिकारीहरूले बुधबार सार्वजनिक गरेका हुन।

‘सोमबार साँझ करिब ५ बजे, कातिबा मासिनाका आतंककारीले जिगुइबोम्बो गाउँमा आक्रमण गरेका थिए’,  एक अधिकारीले भने, ‘अस्थायी टोलमा डोजो शिकारीसहित ४९ सर्वसाधारण मारिएका र धेरै बेपत्ता छन।’

प्रत्यक्षदर्शी र स्थानीय अधिकारीहरूका अनुसार विवाह समारोह भइरहेका बेला आक्रमणकारीहरूले गाउँलाई घेरेका थिए । ‘विवाह उत्सवका क्रममा आक्रमण भयो। आक्रमणमा दुलहाको पनि ज्यान गयो’, स्थानीय एक अधिकारीले भने। 

   सन २०१२ देखि माली राजनीतिक, आर्थिक र मानवीय संकटको बीचमा आतंकवादी हमलाबाट ग्रस्त छ।