नाइजेरियामा विद्यालय भत्किँदा कम्तीमा २१ विद्यार्थीको मृत्यु
News Desk
Jul-13 , 2024 तारिख 06:46 बिहान

मध्य नाइजेरियामा शुक्रबार एउटा विद्यालय भत्किँदा कम्तीमा २१ विद्यार्थीको मृत्यु भएको छ। पठार राज्यको जोस नर्थ जिल्लामा रहेको सेन्ट एकेडेमीमा विद्यार्थीहरूले परीक्षा दीरहँदा भवन भत्किएको हो

‘पठारी राज्यको जोस उत्तर स्थानीय सरकार क्षेत्रको बुसा बुजीमा रहेको सेन्ट एकेडेमीको दुई तले भवन आज बिहान भत्किँदा धेरै विद्यार्थीको मृत्यु भएको छ”, राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सीले विज्ञप्तिमा भनेको छ।

नेमा र अन्य महत्त्वपूर्ण सरोकारवालाहरूले हाल खोजी जारी राखेका छन। घटनास्थलका एक बासिन्दा चिका ओबियोहाले भने, ‘घटनास्थलमा २१ जनाको मृत्यु भएको छ। कैयौँ घाइते भएका छन । हामीले धेरै मानिसलाई बचाउन सक्छौँ कि भनेर मद्दत गरिरहेका छौँ।’ 

विद्यालय के कारणले भत्किएको हो भन्ने तुरुन्तै स्पष्ट हुन सकेको छैन तर पठारमा तीन दिनको भारी वर्षापछि भवन भत्किएको बासिन्दाले जानकारी दिए।

अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको नाइजेरियामा निर्माण मापदण्डको ढिलो कार्यान्वयन, लापरवाही र कम गुणस्तरको सामग्रीको प्रयोगका कारण भवन भत्किएको अनुमान गरिएको छ।

धेरै पढिएको