युक्रेनी ड्रोन आक्रमणपछि रुसको रोस्तोभ इन्धन डिपोमा आगलागी
News Desk
Jul-14 , 2024 तारिख 06:13 बिहान

युक्रेनी ड्रोन आक्रमणपछि रुसको रोस्तोभ क्षेत्रमा शनिवार एउटा इन्धन डिपोमा आगलागी भएको यसका गभर्नर भासिली गोलुबेभले टेलिग्राममा बताए।

गोलुबेभले टेलिग्राममा ड्रोन आक्रमणपछि सिमल्यान्स्की जिल्लाको पेट्रोल रिफाइनरीमा आगलागी हुँदा कुनै हताहत नभएको उल्लेख गरे। यो क्षेत्र फ्रन्ट लाइनबाट सयौँ किलोमिटर टाढा छ। यसैबीच रुसको रक्षा मन्त्रालयले आफ्ना सेनाले चार युक्रेनी ड्रोन खसालेको घोषणा गरेको छ। 

दुईवटा रोस्तोभमा, एउटा युक्रेनसँग जोडिएको बेलगोरोड क्षेत्रमा र अर्को उत्तरमा रहेको कुर्स्कमा छन।  

मस्को र किभ दुवैले ड्रोन प्रयोग गरेका छन्, जसमा फेब्रअरी २०२२ मा सुरु भएको द्वन्द्वमा सयौँ किलोमिटर फैलिएको दायरासहित ठूलो सेल्फ–डिटोनेटिङ क्राफ्ट समावेश छ।

 

धेरै पढिएको