उत्तर भारतमा चट्याङका घटनामा १०० भन्दा बढी मानिसको मृत्यु
News Desk
Jul-15 , 2024 तारिख 06:34 बिहान

 उत्तर भारतमा चट्याङका घटनामा १०० भन्दा बढी मानिसको मृत्यु भएको छ। उत्तर प्रदेश, बिहार, झारखण्ड, तथा पश्चिम बंगालका विभिन्न क्षेत्रमा बिजुली चम्किँदा १०० भन्दा बढीको मृत्यु भएको र सयौँ मानिस घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन।

उत्तर प्रदेशको प्रतापगढमा मात्रै ११ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन। यस्ता घटनामा बिहारमा मात्रै ५४ जनाको मृत्यु भएको छ । यस्तै उत्तर प्रदेशमा चट्याङबाट ४३ जनाको मृत्यु भएको छ । कैयौा मानिस घाइते भएका छन। 

उत्तर प्रदेशको प्रतापपुरमा १२, सुल्तानपुरमा ७ र चन्दौलीमा ६ जनाको मृत्यु भएको छ भने प्रयागराजमा चारजनाले ज्यान गुमाएका छन। यस्तै झारखण्डमा ३५ जनाको मृत्यु भएको छ । 

यसैबीच पश्चिम बंगालको मुर्शिदाबादमा हिजो दिउँसो एक विद्यालयमा चट्याङ पर्दा १५ बालबालिका गम्भीर घाइते भएका छन। ठूलो आवाजसहित बिजुली चम्किँदा बालबालिका घाइते भएको स्थानीय अधिकारीले जनाएका छन।