दुई महिनादेखि अन्तरिक्षमा फसेका सुनिता विलियम्स र बेरी बच विल्मोरको फिर्ती निश्चित
News Desk
Aug-21 , 2024 तारिख 06:38 बिहान

अमेरिकी अन्तरिक्षयात्रीहरू सुनिता विलियम्स र बेरी बच विल्मोर दुई महिनादेखि अन्तरिक्षमा फसेका छन तर उनीहरू कहिले फर्किन्छन भन्ने अझै निश्चित छैन। 

गत जुन ५ मा अन्ताराष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) का लागि परीक्षण मिशन लिएर उडेका उनीहरू अनिश्चितकालका लागि फसेका छन। ६१ वर्षका विल्मोर र ५८ वर्षीया सुनितालाई बोइङ स्टारलाइनर यानले अन्तरिक्षसम्म पुर्‍याएको थियो। नयाँ अन्तरिक्षयानलाई नियमित रूपमा प्रयोग गर्नुअघि कस्तो प्रदर्शन गर्दछ भनेर परीक्षण गर्नु यो मिशनको उद्देश्य थियो तर मिशनमा खराबीका कारण दुई यात्रीको फिर्ता सम्बन्धमा आगामी कदम के हुने भन्नेमा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले स्पष्ट पार्न सकेको छैन। 

नासाको प्रतिक्रिया

नासाले पछिल्लो पत्रकार सम्मेलनमा यसबारेमा यही महिनाको अन्त्यमा मात्र कुनै ठोस फैसला लिने बताएको बिबिसीले जनाएको छ। ‘सुनिता र विल्मोर जस्ता अन्तरिक्षयात्री मिशनका विविध पक्ष र त्यसक्रममा हुनसक्ने सम्भावित परिस्थितिका बारेमा राम्रोसँग जानकार थिए’‚ नासाका प्रमुख अन्तरिक्षयात्री जो एकाबाले भने‚ ‘उनीहरू मिशनमा आउने चुनौतीका लागि मानसिक र शारीरिक रूपमा तयार हुने गरी तालिमप्राप्त थिए।’ 

एकाबाका अनुसार सुनिता र विल्मोर सामेल मिशन टेस्ट फ्लाइट अर्थात परीक्षण उडान थियो र दुवैजना यो मिशन पूर्ण छैन भन्ने जान्दथे। मानवयुक्त अन्तरिक्षयान आफैंमा जोखिमपूर्ण हुने भन्दै उनले एक अन्तरिक्षयात्रीका रूपमा यो आफूहरूको काम भएको बताए। ‘दुवै अन्तरिक्षयात्री त्यहाँ राम्ररी बसिरहेका छन र उनीहरू जोखिमयुक्त मिशनमा जान तयार पनि थिए’‚ नासाले भनेको छ।

कहिले फर्कन्छन ?

नासाले अन्तरिक्षयात्री नलिईकन स्टारलाइनर फिर्ता आए त्यसलाई ठुलो दुर्घटनाको रूपमा वर्गीकृत गर्न आवश्यक नरहेको बताएको छ। नासाको दाबी अनुसार यात्री आईएसएसमा हप्तौं बिताउन सक्छन र यसक्रममा उनीहरू यात्राको प्राविधिक समस्या हल गर्ने प्रयास गर्छन।

आठ दिनपछि सुनिता र विल्मोरलाई धर्तीमा लिएर फर्कने योजनाअनुसार स्टारलाइनरले आइएसएसका लागि उडान भरेको थियो। तर आइएसएसको नजिक पुगेपछि थप खराबी आयो र यानलाई दिशा दिने त्यसका पाँचवटा थ्रस्टरहरू बन्द भए। हिलियम ज्ञ्ास पनि सकिएपछि उक्त यानले इन्धनमा निर्भर हुनुपर्‍यो। 

अब इन्जिनियरले प्राविधिक समस्या हल नगरेसम्म सुनिता र विल्मोर आइएसएसमै रोकिनुपर्नेछ। उनीहरूको फिर्तीको एउटा विकल्पका रूपमा यसै वर्ष जान लागेको स्पेसएक्स अन्तरिक्षयान प्रयोग गरिए सन २०२५ को शुरुवातमा उनीहरू फर्कन सक्नेछन र यसो भएमा ८ दिनको मिशन ८ महिनामा परिवर्तन हुने बिबिसीले उल्लेख गरेको छ। 

स्पेस एक्स अन्तरिक्षयात्रबाट नै जसरी पनि अन्तरिक्षयात्रीलाई फिर्ता गर्न सम्भव हुने ओपन युनिभर्सिटीका अन्तरिक्ष वैज्ञानिक सिमियोन बार्बर बताउँछन।

स्टारलाइनर दुवै अन्तरिक्षयात्रीलाई लिएर सुरक्षित फर्कने उनको विश्वास छ। नासाले आफ्ना यात्रीलाई अन्तरिक्षमा लिएर जानका लागि बोइङ र स्पेस एक्सलाई अरबौं डलरको कन्ट्र्याक्ट दिएको छ। अहिलेसम्म स्पेसएक्सले अन्तरिक्षमा मानवयुक्त ९ वटा उडानलाई परिणाम दिएको छ तर बोइङको यो पहिलो मानवयुक्त मिशन हो। 

लामो समय अन्तरिक्षमा बस्दा के हुन्छ ? 

वैज्ञानिकहरू अधिकांश समयसम्म अन्तरिक्षमा रहेका मानव शरीरमा प्रतिकूल असर पनि पर्न सक्ने बताउँछन। यसकारण दुवै अन्तरिक्षयात्रीको नियमित स्वास्थ चेकजाँच पनि  गरिदै छ। 

अन्तरिक्षमा धेरै समय बिताउने अन्तरिक्षयात्रीले चुनौती सामना गर्नुपर्छ। ‘मनोवैज्ञानिक हिबरनेशन’को सामना गर्नुपर्छ जुन मानसिक अवस्थामा व्यक्ति भावनाशून्य र अनेकथरी महसुस गर्न थाल्छ।

अनुसन्धानताहरू ध्रुवीय र अन्तरिक्ष मिशनमा जाने व्यक्तिको अवस्था उस्तै हुने र राम्रोसँग सुतेर यस्ता समस्या कम गर्न सकिने बताउँछन। अन्तरिक्षयात्राले आँखामा समस्या पैदा गर्ने गरी असर गर्न सक्ने भएकाले आइएसएमा रहेका प्रत्येक चालकदलका सदस्यहरूको आँखा परीक्षण गरिन्छ।

गुरुत्वाकर्षणको कमीका कारण आँखा पछाडि रगत जम्ने, एडिमा हुनसक्ने भएकाले वस्तुहरूमा ध्यान केन्द्रित गर्न समस्या हुनसक्छ। सूर्यबाट निस्कने कस्मिक किरणहरू र अत्यधिक ऊर्जा दिने कण, रेटिना र अप्टिक स्नायुलाई क्षति पुर्‍याउने र अन्य समस्या उत्पन्न गराउन सक्छ। 

कठिन अन्तरिक्षयात्राका क्रममा मानव शरीरमा केही आश्चर्यजनक परिवर्तन देखिने अन्तरिक्षयात्रीको मांसपेशीको तौल कम हुने वैज्ञानिकहरू बताउँछन। ६ महिनासम्म चल्ने मिशनपछि शरीरका मांसपेशीहरूको तौल ३० प्रतिशतसम्म घट्न सक्छ। हड्डीहरूको तौल पनि प्रत्येक महिना दुई प्रतिशतसम्म घट्न सक्छ। 

सबैभन्दा धेरै प्रभाव कम्मर, गर्धन, जोर्नीहरूलाई नियन्त्रण गर्ने मांसपेशीहरूमा पर्छ। निकै कम गुरुत्त्वाकर्षणमा उनीहरूलाई काम गराउन सकिन्न, उनीहरू कमजोर हुन्छन।

यसलाई मद्देनजर गर्दा सुनिता र विल्मोरका लागि ८ महिनासम्म अन्तरिक्षमा बस्नुपरेका कारण जटिल समस्या सामना गर्नुपर्ने हुनसक्ने बिबिसीले लेखेको छ।