केन्याको एउटा विद्यालयको छात्रावासमा आगलागी हुदा कम्तीमा १७ विद्यार्थीको मृत्यु
News Desk
Sep-07 , 2024 तारिख 07:33 बिहान

मध्य केन्याको एउटा विद्यालयको छात्रावासमा राति भएको आगलागीमा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको प्रहरीले शुक्रबार बताएको छ।

प्रहरीका अनुसार न्येरी काउन्टीको हिलसाइड एन्डारासा एकेडेमीमा करिब मध्यरातमा आगलागी हुँदा बालबालिकाहरू सुतिरहेको एक शयनगृहमा आगोले समाएको थियो।

“घटनामा १७ जनाको मृत्यु भयो र घाइते अन्यलाई अस्पताल पुर्याइएको छ”, राष्ट्रिय प्रहरीका प्रवक्ता रेसिला ओनयाङ्गोले भने। प्रहरीले पीडितहरूको उमेर खुलाएको छैन। उनका अनुसार घटनास्थलमा फेला परेका शव चिन्न नसकिने गरी जलेका छन।

धेरैजना घाइते भएको र तीमध्ये १६ जना गम्भीर रूपमा घाइते भएका छन। उनीहरूलाई नजिकैको अस्पताल लगिएको छ। “घटनास्थल पूर्ण रूपमा प्रशोधन गरिएपछि थप शव फेला पर्ने सम्भावना छ”, उनले भने।

आगो के कारणले लागेको हो भन्नेबारे थाहा नभएको तर अनुसन्धान सुरु गरिएको उहाँले जानकारी दिए।

धेरै पढिएको