नाइजेरियामा ट्रकसँग इन्धन बोक्ने ट्यांकर ठोक्किँदा कम्तीमा ५२ जनाको मृत्यु
News Desk
Sep-10 , 2024 तारिख 06:12 बिहान

उत्तरी नाइजेरियाको नाइजर राज्यमा ट्रकसँग इन्धन बोक्ने ट्यांकर ठोक्किँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ।

 इन्धन लोड गरिएको पेट्रोल ट्यांकर यात्रु र गाईवस्तु बोकेको ट्रेलर ट्रकसँग ठोक्किँदा यो घटना भएको हो।

उक्त दुर्घटनामा अन्य दुई सवारी साधन, एउटा क्रेन र एउटा पिकअप भ्यान पनि दुर्घटनाग्रस्त भएका छन।

अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको देशमा इन्धन ट्यांकर विस्फोट हुँदा पटक पटक ठूलो सङ्ख्यामा मानवीय क्षति हुने गरेको छ। इन्धन ट्यांकरको दुर्घटनापछि स्थानीयले जोखिम लिई चुहिएको इन्धन चोर्ने प्रयास गर्दा आगलागी हुने र यसबाट ठूलो सङ्ख्यामा मानवीय क्षति हुने गरेको पाइन्छ। 

सडकको खराब अवस्था, पूराना सवारी साधन र चालकको लापरबाहीका कारण अफ्रिकामा यस्ता दुर्घटना हुने गरेको पाइन्छ। 

धेरै पढिएको