भारतको बेंग्लोरमा एक २९ वर्षीया महिलाको बीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ। भारतीय प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले जनाएअनुसार महालक्ष्मी नामकी ती महिलाको हत्या गरी फ्रिजमा शव टुक्रा–टुक्रा अवस्थामा राखिएको शव फेला परेको हो।
यसअघि सन २०२२ मा पनि दिल्लीमा एक महिलाको बीभत्स हत्या भएको थियो। आउटलुक इन्डियाका अनुसार छिमेकीले गन्ध आएपछि खबर गरेका थिए। द इन्डियन एक्सप्रेसका अनुसार उनी बस्ने अपार्टमेन्टका मालिक जयराम छिमेकीको सूचनापछि महालक्ष्मीको निवास पुगेपछि शव भेटिएको थियो।
त्यसपछि उनैले प्रहरीलाई खबर गरेका थिए। भारतीय प्रहरीले यससम्बन्धी आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।