श्रीलंकाका नवनियुक्त राष्ट्रपतिले गरे संसद विघटन
News Desk
Sep-26 तारिख 07:08 बिहान

श्रीलंकाका नवनियुक्त राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद विघटन गरेका छन। उनले मध्यावधि निर्वाचन गराउन संसद विघटन गर्नेसम्बन्धी विशेष राजपत्रमा हस्ताक्षर गरेको बीबीसी सिंहलाले जनाएको छ। ​

दिसानायकेले २२५ सदस्यीय संसदलाई विघटन गरिदिएका छन। जसमा नेसनल पिपुल्स पावर–एनपीपी गठबन्धन तीन सीट मात्र थियो। उनले संसद विघटन गर्दै आगामी निर्वाचनको मिति समेत तोकेका छन। उनले तोकिएको समयभन्दा झन्डै एक वर्ष अगाडि अर्थात नोभेम्बर १४ मा निर्वाचनको मिति घोषणा गरेका छन। 

दिसानायकेले हिजो आफ्नो सहयोगी हरिणी अमरसूर्यालाई प्रधानमन्त्री बनाएका छन। यनी देशको इतिहासमा तेस्रो महिला प्रधानमन्त्री हुन।  यसका साथै नवनियुक्त प्रधानमन्त्रीलाई शिक्षा, श्रम र न्याय मन्त्रालयको समेत जिम्मेवारी दीएको छ। दिसानायकेले सोमबार श्रीलंकाको नवौँ राष्ट्रपतिको शपथ लिए। 

उनले आफ्नो नीतिलाई अगाडि बढाउन नयाँ जनादेश प्राप्त गर्न आफू निर्वाचित भएलगत्तै संसद विघटन गर्ने सङ्केत गरेका थिए।  जनताको चाहना अनुसारको संसद्लाई निरन्तरता दिनुको कुनै अर्थ नरहेको उनले निर्वचित भएपछि नै संकेत गरेका थिए। 

भ्रष्टाचारविरुद्ध लड्ने र आर्थिक सुधारका लागि गरेको प्रतिबद्धताका कारण उनी राष्ट्रपतिमा निर्वाचित भएका हुन। देशको नयाँ राष्ट्रपतिका रुपमा श्रीलंकाको संकटग्रस्त अर्थतन्त्रलाई सही दिशा दिनु दिशानायकेका लागि एउटा ठुलो र मुख्य चुनौती हुनेछ।