News Desk
थाइल्याण्डमा ४४ जना विद्यार्थी र शिक्षक बोकेको विद्यालयको बसमा मङ्गलबार आगो लागेको छ। अधिकारीहरूले बसमा सवार २३ जनाको मृत्यु भएको बताएका छन।
प्रधानमन्त्री पेतोङ्तार्न सिनावात्राले घाइते र पीडित परिवारप्रति समवेदना प्रकट गरेकी छन। यातायातमन्त्री सूर्या जुङरुङराङकिटले मृतकको सङ्ख्या स्पष्ट नभएको तर आगलागीपछि २० जना विद्यार्थी र ३ जना शिक्षकको शव भेटिएको बताएका छन।
‘बसमा ३८ जना विद्यार्थी र ६ जना शिक्षकसहित ४४ जना रहेका थिए। हामीलाई जानकारी भएअनुसार तीन शिक्षक र १६ जना विद्यार्थी बाहिर निस्केका छन्’, उनले भने। उथाइ थानी प्रान्तबाट विद्यार्थी बोकेर हिँडेको बस उत्तरी बैंकक उपनगरको राजमार्गमा पङ्चर भएको र ठोक्किएको उद्धारकर्मीले जानकारी गराए।
कम्प्रेस्ड ज्ञ्ासमा चलिरहेको बस ठोक्किदा इन्धन ट्याङ्की जलेर आगलागी हुन पुगेको उनले बताए।