चिकित्सातर्फको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिक भिक्टर एम्ब्रोस र ज्ञ्ारी रुभ्कुनले पाउने
News Desk
Oct-08 तारिख 01:28 बेलुका

यो वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिक भिक्टर एम्ब्रोस र ज्ञ्ारी रुभ्कुनले पाउने भएका छन। 

माइक्रो आरएनए पत्ता लगाएवापत उनीहरूलाई नोबेल पुरस्कार समितिले चिकित्सातर्फको पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो। उनीहरूको खोजले पृथ्वीमा कसरी जटिल जीवन देखा पर्‍यो र मानव शरीर कसरी विभिन्न कोषहरू मिलेर बनेको छ भन्नेबारे नयाँ तथ्य पत्ता लगाएको बताइन्छ।

दुई अमेरिकी वैज्ञानिकले मानव शरीरको प्रत्येक कोषमा समान प्रकारका डीएनएमा भएका आनुवंशिकताबारे अध्ययन गरेका थिए। उनीहरू माइक्रो आरएनए पत्ता लगाउने पहिलो व्यक्ति हुन। मानव शरीरका कोशिकाहरू आकार र कार्यमा फरक पाइने गरेको उनीहरूले पत्ता लगाएका छन।

७० वर्षीय एम्ब्रोस युनिभर्सिटी अफ म्यासाचुसेट्स मेडिकल स्कुलका प्राध्यापक हुन । यस्तै ७२ वर्षीय रुभ्कन हार्वर्ड मेडिकल स्कुलका प्राध्यापक हुन ।