नेतन्याहु, गेलेन्ट र देइफविरुद्ध जारी पक्राउ पुर्जी ‘बाध्यकारी : ईयू विदेश नीति प्रमुख
News Desk
Nov-22 , 2024 तारिख 06:32 बिहान

युरोपेली संघ (ईयू)ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, उनका पूर्व रक्षामन्त्री योआभ ज्ञ्ालेन्ट र हमासका सैन्य प्रमुख मोहम्मद देइफविरुद्ध बिहीबार जारी गरिएको पक्राउ पुर्जी ‘बाध्यकारी’ भएको प्रतिक्रिया दिएको छ।

ईयूका विदेश नीति प्रमुख जोसेफ बोरेलले नेतन्याहु, ज्ञ्ालेन्ट र देइफविरुद्ध बिहीबार जारी गरिएको पक्राउ पुर्जी ‘बाध्यकारी’ भएको र यसलाई कार्यान्वयन गर्नुपर्ने बताएका हुन। 

‘यो राजनीतिक निर्णय होइन। यो अदालतको पनि अदालत अन्तर्राष्ट्रिय अदालतको निर्णय हो’, उनले भने, ‘अदालतको निर्णयलाई सम्मान र कार्यान्वयन गर्नुपर्छ’, जोसेफ बोरेलले जोर्डनको राजधानी अम्मानको भ्रमणका क्रममा भने।

आईसीसीको यो कदमले नेतन्याहूको गतिविधिलाई सैद्धान्तिक रूपमा सीमित गरेको छ किनभने अदालतका १२४ राष्ट्रिय सदस्यहरूमध्ये कुनै पनि नेतन्याहुलाई आफ्नो इलाकामा गिरफ्तार गर्न बाध्य हुनेछन।

इजरायलले अगष्टको सुरुमा जुलाईमा दक्षिणी गाजामा भएको हवाई आक्रमणमा देइफको मृत्यु भएको बताएको थियो तर हमासले उनको मृत्युको पुष्टि गरेको छैन।

अदालतले देइफको मृत्यु भएको हो वा होइन भन्ने कुरा अभियोजनकर्ताले यकिन गर्न नसकेकाले पक्राउ पुर्जी जारी गरिएको हो। बोरेलले अर्को महिना आफ्नो उत्तराधिकारी काजा कल्लासलाई इयूको  विदेश नीति प्रमुखको पदीय जिम्मेवारी हस्तान्तरण गर्दैछन।  

धेरै पढिएको