News Desk
भारतको दक्षिणपश्चिम राज्य महाराष्ट्रमा शुक्रबार बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ। साथै कम्तीमा २० जना घाइते भएका छन ।
राज्य सरकारद्वारा सञ्चालित बस राज्यको गोन्दिया जिल्लामा दिउँसो करिब १२ बजे मोटरसाइकलसँग ठोक्किएको हो। बसमा करिब ३५ यात्रु सवार रहेको स्थानीय प्रहरील जानकारी दिएका छन।
घाइते सबैलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ। तीमध्ये केहीको अवस्था गम्भीर रहेको सञ्चारमाध्यमले जनाएका छन।