टर्कीमा विषाक्त मदिरा सेवनका कारण कम्तीमा १७ जनाको मृत्यु भएको छ। २२ जना अस्पतालमा उपचाररत रहेको समाचार एजेन्सीले बताएको छ।
राज्य सञ्चालित एनादोलु समाचार एजेन्सीका अनुसार मादक पेय पदार्थ आपूर्ति गरेको आशङ्कामा आठ जनालाई हिरासतमा लीएको छ। गत हप्ता अधिकारीहरूले ४१० लिटर इथानोल र मेथानोल, १६५ बोतल अवैध मदिरा र मदिरा उत्पादनका उपकरण जफत गरेको घोषणा गरेका थिए।
टर्कीमा अवैध उत्पादित मदिराबाट हुने विषाक्तता सामान्य छ। यहाँ सरकारले मदिरामा कर बढाएपछि निजी उत्पादन तीव्र रूपमा बढेको छ। सन २०२१ को अन्त्यमा विभिन्न क्षेत्रमा केही दिनको अन्तरालमा कम्तीमा २५ जनाको मृत्यु भएको थियो। त्यसको एक वर्षअघि मदिरा विषाक्तताका कारण करिब ४० जनाको मृत्यु भएको थियो।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनले प्रायः मदिरा र सुर्तीजन्य सेवनको आलोचना गरेका छन। उनीमाथि आधिकारिक रूपमा धर्मनिरपेक्ष राज्यमा समाजलाई इस्लामीकरण गर्ने प्रयास गरेको आरोप लगाइएको छ।