टर्किमा सैन्य हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु
News Desk
Dec-10 , 2024 तारिख 06:23 बिहान

टर्किको दक्षिणपश्चिम इस्पार्टा प्रान्तमा सोमबार एक सैन्य हेलिकप्टर प्रशिक्षण उडानको क्रममा दुर्घटना हुँदा ६ सैनिकको मृत्यु भएको छ।

पाँचजनाको घटनास्थलमै मृत्यु भएको हो। गम्भीर घाइते एकजनाको अस्पतामा उपचारका क्रममा र्मत्यु भएको हो। दुर्घटनामा ब्रिगेडियर जनरल इसा बेडिल्ली, इस्पार्टा आर्मी एभिएसन स्कुलका कमाण्डरको मृत्यु भएको इस्पार्टा प्रान्तका गभर्नर अब्दुल्लाह एरिनले बताए।

अभ्यासमा रहेका दुई हेलिकप्टरमध्ये एक दुर्घटनाम परेको हो। अर्को अर्को सहजरूपमा अवतरण भएको एरिनले जानकारी दिए।

धेरै पढिएको