गुगल र एप्पललाई उनीहरूको एप स्टोरबाट टिकटक हटाउन अमेरिकी सांसदहरुको आग्रह 
News Desk
Dec-15 , 2024 तारिख 06:05 बिहान

राजा कृष्णमूर्ति सहित दुई प्रभावशाली अमेरिकी सांसदले गुगल र एप्पललाई उनीहरूको एप स्टोरबाट टिकटक हटाउन आग्रह गरेका छन।

अप्रिलमा राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेको विधेयकअनुसार टिकटकको मूल कम्पनी चीनको ‘बाइटडान्स’ कम्पनीले जनवरी १९ सम्म टिकटकलाई बेचिसक्नुपर्नेछ। अन्यथा अमेरिकी प्रतिबन्ध लगाइने चेतावनी दीएको छ।

चीन मामिलासम्बन्धी संसद्को स्थायी समिति (सीसीपी)का अध्यक्ष जन मूलनार र वरिष्ठ सदस्य कृष्णमूर्तिले शुक्रबार एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुक, गुगलका सीईओ सुन्दर पिचाई र टिकटकका सीईओ शो ची छउलाई पत्र लेखेका छन। सांसदहरूले कुक र पिचाईलाई जनवरी १९ सम्म आफ्नो प्ले स्टोरबाट टिकटक हटाउन तयार हुन आग्रह गरेका छन।

संघीय पुनरावेदन अदालतले कांग्रेसले पारित गरेको कानूनमा हस्तक्षेप गर्न अस्वीकार गरेका वेला अमेरिकी सांसदहरूको बयान आएको हो। टिकटकले माघको शुरुमै (जनवरीको मध्य)सम्म अमेरिकामा रहेको कारोबार स्थानीय कम्पनीलाई बेच्नुपर्नेछ वा त्यसो गर्न नसके प्रतिबन्धको सामना गर्नुपर्नेछ।

कम्पनीले अमेरिकी सरकारको निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतको अन्तिम फैसला नआएसम्म उक्त निर्णय कार्यान्वयन नगर्न आग्रह गरेको थियो। यसलाई संघीय पुनरावेदन अदालतले अस्वीकार गरेको थियो।

टिकटक र यसको मूल कम्पनी बाइटडान्सले पुनरावेदन अदालतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा उजुरी दिन सक्छ

धेरै पढिएको