News Desk
भानुआतुमा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पमा एकजनाको मृत्यु भएको छ।
अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन (एबीसी) ले आज (मंगलवार) भानुआतुमा ७.३ म्याग्निच्युडको भूकम्प गएपछि पोर्ट भिलाको एउटा अस्पतालमा एकजनाको मृत्यु भएको जनाएको छ।
एबीसीका अनुसार राजधानी पोर्ट भिलाबाट ३७ किलोमिटर टाढा भूकम्प गएपछि त्यहाँका सरकारी अधिकारीले पहिले जारी गरेको सुनामीको चेतावनी भने रद्द गरेका छन्।
भूकम्पबाट भएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ।