जापानको टोकियोस्थित एक आवासीय क्षेत्रमा आगलागी हुँदा दुई जनाको मृत्यु
News Desk
Jan-01 , 2025 तारिख 06:49 बिहान

जापानको टोकियोस्थित एक आवासीय क्षेत्रमा मङ्गलबार साँझ आगलागी हुँदा दुई जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन। 

स्थानीय समयअनुसार साँझ ५ बजे टोकियोको सुमिडा वार्डमा रहेको दुईतले घरमा आगलागी भएको हो।

तीव्र हावाका कारण आगो केही मिनेटमै फैलिएको र घरलगायत कम्तीमा आठवटा भवनमा आगो लागेको जनाइएको छ।

जापानको सबैभन्दा अग्लो ब्रोडकास्टिङ टावर तथा लोकप्रिय पर्यटकीय स्थल टोकियो स्काइट्रीनजिकै आगलागी भएको हो।

धेरै पढिएको