News Desk
चीनको सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान ९:०५ बजे ६.८ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा १२६ जनाको मृत्यु भएको छ भने १८८ जना घाइते भएका छन्।
क्षेत्रीय आपतकालीन कमाण्ड केन्द्रले भूकम्पपछिको आपतकालीन प्रतिक्रिया स्तर I, अर्थात् उच्चतम स्तरमा पुर्याएको छ।
दक्षिणपश्चिम चीनमा बारम्बार भूकम्प जाने गर्छ। सन् २००८ मा सिचुआन प्रान्तमा आएको भीषण भूकम्पले करिब ७०,००० जनाको ज्यान लिएको थियो।