News Desk
भारतीय राज्य महाराष्ट्रको जलगाउँ जिल्लामा बुधबार भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ।
भुसावल रेलवे डिभिजनका जनसम्पर्क अधिकृतले बीबीसी मराठीलाई यो कुराको पुष्टि गरेका हुन।
पीआरओका अनुसार लखनऊबाट मुम्बई जाँदै गरेको यो रेल महाराष्ट्रको जलगाउँ जिल्लाको रेलवे ट्र्याकमा खडा थियो।
यात्रुहरूलाई कुनै डिब्बामा आगो लाग्ने डर थियो, त्यसैले उनीहरू ट्र्याकको अर्को छेउमा हाम फाले।
त्यही समयमा कर्नाटक एक्सप्रेस त्यही ट्र्याकबाट आउँदै थियो, जसका कारण ठोकिएर केहीको मृत्यु भयो भने धेरै जना घाइते भएको बीबीसी हिन्दीले जनाएको छ।
कर्नाटक एक्सप्रेस मनमाडबाट भुसावल जाँदै थियो।