News Desk
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि चीनका राष्ट्रपति सी चिनफिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भिडिओ कुराकानी भएको छ।
बीबीसीका अनुसार भिडिओ वार्तामा दुवै नेताले द्विपक्षीय सम्बन्धलाई अझ उचाइमा पुर्याउने वाचा गरेका छन।
सीले पुटिनलाई ंरणनीतिक सहयोगलाई अझ विस्तार गर्न, पारस्परिक सहयोगलाई सुदृढ पार्न र वैध हितको रक्षा गर्नं आग्रह गरे।
सोमबार राष्ट्रपति पदको शपथ खाएका ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि पुटिन वार्ता गर्न तयार नभए रुसले थप अमेरिकी प्रतिबन्ध खेप्नुपर्ने तथा चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउने चेतावनी दिएका थिए।
यहीबीच सी र पुटिनबीच भिडिओ कलमा कुराकानी भएको हो।
यद्यपि, दुवै नेताले यो कुराकानी ट्रम्पसँग सम्बन्धित नभएको दाबी गरेका छन।