News Desk
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा कर लगाउने आफ्नो योजना सही भएको जिकिर गरेका छन।
फक्स न्युजलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘चीनले अमेरिकाबाट धेरै पैसा पाउँछ र त्यो पैसा उनीहरूले आफ्नो सेनामा प्रयोग गर्छन।’
अन्तर्वार्तामा फक्स न्युजले ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी चिनफिङसँग कस्तो सम्बन्ध छ भनेर सोधेको थियो।
जवाफमा ट्रम्पले सीसँग हालै भएको कुराकानी राम्रों र मैत्रीपूर्णं भनेर वर्णन गरे।
उनले कोरोना महामारीअघि आफूहरूबीच ‘धेरै राम्रो सम्बन्ध’ रहेको बताए।
ट्रम्पले भने, ँचीन एक महत्वाकांक्षी देश हो र उहाँ (राष्ट्रपति सी) एक महत्वाकांक्षी व्यक्ति हुनुहुन्छ। उहाँ मेरा लागि साथीजस्तै हुनुहुन्थ्यो र हाम्रो धेरै राम्रो सम्बन्ध थियो।’
दोस्रोपटक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित ट्रम्पले शपथलगत्तै चीनबाट आयात हुने सामानमा १० प्रतिशत भन्सार लगाउने घोषणा गरेका थिए।