News Desk
पश्चिमी भारतको महाराष्ट्र राज्यस्थित हतियार कारखानाभित्र शुक्रबार भएको शक्तिशाली विस्फोटमा कम्तीमा आठजनाको मृत्यु भएको छ। सात जना घाइते भएका छन।
महाराष्ट्रको राजधानी मुम्बईबाट करिब ८३० किलोमिटर पूर्वमा रहेको भण्डारा जिल्लामा रहेको कारखानामा स्थानीय समय अनुसार बिहान १०ः३० बजे विस्फोट भएको हो । स्थिति नियन्त्रणमा लिन अग्निनियन्त्रक घटनास्थलमा पुगेका थिए। विस्फोटका कारण कारखानाको छत भत्किँदा मजदुर फसेका थिए।
अधिकारीहरूले भग्नावशेष हटाउन र फसेकाहरूको खोजी गर्न एक्साभेटर ल्याएका छन । घाइतेहरूलाई एम्बुलेन्समार्फत अस्पताल लगिएको छ।
विस्पोटको आवाज पाँच किलोमिटरको दायरामा सुनिएको समाचारमा जनाइएको छ। भारतका रक्षामन्त्री राजनाथ सिंहले विष्फोटप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे।