शनिबार हमासबाट चार इजरायली बन्धक रिहा 
News Desk
Jan-26 , 2025 तारिख 06:25 बिहान

गाजा युद्धविरामअन्तर्गत दोस्रो आदानप्रदानमा हमासले शनिबार चार इजरायली बन्धक रिहा गरेको छ। जसमा चारै जना इजरायली महिला सैनिक छन। 

हमासले करिना आर्येभ, ड्यानिएला गिल्बेउ, लेवी र लिरी अल्बागलाई बन्धकबाट मुक्त गरी गाजा सहरमा रेडक्रसलाई हस्तान्तरण गरेको हो। बदलामा इजरायली सेनाले इजरायलमा रहेका २०० प्यालेस्टिनी कैदी रिहा गर्नेछ। 

७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गर्दा यी चार महिला सैनिकलाई गाजा सीमानजिकै रहेको नाहल ओज आर्मी बेसमा पर्यवेक्षकका रूपमा तैनाथ गरिएको थियो।

गाजा र हमासबीच यही जनवरी १९ देखि युद्धविराम भएको हो। त्यसयता हमासले शनिबार दोस्रोपटक बन्धक रिहा गरेको हो।

यसअघि पहिलोपटक हमासले ३ महिला बन्धक छाड्यो भने सट्टामा इजरायलले ९० प्यालेस्टिनी कैदी रिहा गरेको थियो। 

युद्धविराम सम्झौताअनुसार हमास र इजरायलले एकअर्काका नागरिकलाई आफ्नो नियन्त्रणबाट क्रमशः मुक्त गरिरहेका हुन। 

युद्धविरामको पहिलो चरणअन्तर्गत ६ हप्ताको अवधिमा हमासले कूल ३३ जना बन्धक रिहा गर्ने सम्झौता भएको छ। 

यसरी हमासले बन्धक छाडिरहँदा नेपाली विद्यार्थी विपिन पनि छाडिने आशा उनको परिवारले गरिरहेको छ। 

धेरै पढिएको