News Desk
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रवेश गरेको पहिलो हप्ता पूरा गरेका छन।
यसबीच उनले लिएका केही महत्त्वपूर्ण निर्णयबारे जानकारी लिऔँ।
आप्रवासनः ट्रम्पले दक्षिणी सिमानामा आप्रवासी प्रवेश रोक्न आदेश दिए। उनले मेक्सिकोको सीमामा पर्खाल बनाउने प्रयास पनि पुनः सुरु गरेका छन र अमेरिकामा अवैध रूपमा वा अस्थायी भिसामा बसोबास गर्ने आप्रवासीका छोराछोरीलाई नागरिकता दिन अस्वीकार गरेका छन।
जलवायु र स्वास्थ्यः ट्रम्पले पेरिस जलवायु सम्झौताबाट बाहिरिने प्रक्रिया सुरु गरेका छन र विश्व स्वास्थ्य संगठनबाट बाहिरिने आदेशमा हस्ताक्षर गरेका छन।
लिङ्ग र विविधताः अमेरिकाले पुरुष र महिला गरी दुई लिङ्गलाई मात्र मान्यता दिने ट्रम्पले घोषणा गरेका छन। ट्रम्प प्रशासनले ‘लैङ्गिक विचारधारा’ वा विविधतालाई प्रवर्द्धन गर्ने सबै सरकारी कार्यक्रम खारेज गरेको छ।
टिकटकः ट्रम्पले टिकटकको प्रतिबन्ध ७५ दिनका लागि स्थगन गरेका छन।
माफीः ट्रम्पले क्यापिटल हिल दंगा प्रकरणमा जेलमा रेहका १,६०० समर्थकलाई माफी दिए, जसमा अति दक्षिणपन्थी समूहका सदस्य र गर्भपतन विरोधी २३ प्रदर्शनकारी थिए।
गोप्य फाइलः ट्रम्पले जोन एफ. केनेडी, रोबर्ट केनेडी र मार्टिन लुथर किङ जुनियरको हत्यासँग सम्बन्धित गोप्य कागजात जारी गर्न आदेश दिएका छन।