ह्वाइट हाउसले गर्यो संघीय सरकारका सबै वित्तीय अनुदान तथा ऋण रोक्का
News Desk
Jan-29 , 2025 तारिख 07:01 बिहान

अमेरिकी राष्ट्रपति कार्यालयले संघीय सरकारका सबै वित्तीय अनुदान तथा ऋण रोक्का गरेको छ। सोमबार ह्वाइट हाउस बजेट कार्यालयले यस्तो आन्तरिक सूचना पठाएको हो।

यसले सरकारी खर्च तथा सार्वजनिक कार्यक्रमहरुमा असर पर्ने बताइएको छ।

‘संघीय एजेन्सीहरुले संघीय वित्तीय सहायताको दायित्व वा चुक्तासम्बन्धी सम्पूर्ण गतिविधि अस्थायी रुपले रोक्नुपर्ने छ,’ ह्वाइट हाउस अफिस अफ म्यानेजमेन्ट एन्ड बजेटका कार्यवाहक निर्देशकले भनेका छन।

यससँगै नयाँ अनुदान घोषणा पनि रोक्का भएको छ।

यसबाट सामाजिक सुरक्षा र उपचार खर्च भने प्रभावित नहुने जनाइएको छ।

यो व्यवस्था मंगलबार साँझ ५ बजेदेखि लागू हुनेछ।

यसअघि ट्रम्प प्रशासनले वैदेशिक अनुदान तथा सहायता रोक्का गरेको थियो।

सरकारी रकमको उचित प्रयोग सम्बन्धमा समीक्षा गर्न सबै सहायता रोक्का गरिएको जनाइएको छ। एजेन्सी

धेरै पढिएको