News Desk
काठमाडौं, माघ १७ – बलिउडकी पूर्वअभिनेत्री ममता कुलकर्णी सन्न्यास ग्रहण गरेपछि चर्चा तातिएको छ। ९० को दशकमा ‘करण अर्जुन’, ‘सबरंग’, ‘बाजी’ जस्ता चर्चित फिल्महरूमा अभिनय गरेर चर्चित बनेकी ममता हाल अध्यात्मिक मार्गमा लागेकी छन।
उनले आफू अब सांसारिक मोह-माया त्यागेर ईश्वरीय साधनामा समर्पित भएको बताएकी छन। भारतीय मिडियासँग कुरा गर्दै उनले भनिन्, ँमैले आध्यात्मिक जीवन रोजेकी छु। म अब ईश्वर साधनामा रमाउनेछु।ँ
तर, उनको यो निर्णयलाई लिएर योगगुरु रामदेवले असन्तोष व्यक्त गरेका छन। रामदेवले भने, ँहिजोसम्म सांसारिक सुखभोगमा लिप्त मानिस आज अचानक एकै दिनमा सन्त! यो साधना एक दिनको कुरा होइन, यसका लागि त्याग, तपस्या, अनि जीवनभरको समर्पण चाहिन्छ।ँ
रामदेवको टिप्पणीपछि ममताका समर्थक र आलोचकहरूबीच सामाजिक सञ्जालमा बहस चलिरहेको छ। कतिपयले उनको परिवर्तनलाई स्वागत गरेका छन भने कतिपयले यसलाई प्रचारको लागि गरिएको नौटंकी भनेका छन।
ममता कुलकर्णी सन २०१६ मा ड्रग तस्करी प्रकरणमा नाम जोडिएपछि बलिउडबाट हराएकी थीन। त्यसपछि उनले भारत छोडेर केन्या पुगेको बताइन्छ। केही वर्षदेखि उनी आध्यात्मिक प्रवचन दिने र धार्मिक जीवन बिताउने बताउँदै आएकी थीन।
अब ममता कुलकर्णी साँच्चै नै साध्वीको रूपमा जीवन बिताउँछिन वा यो केवल चर्चाका लागि गरिएको हो भन्ने कुरा भने समयले नै देखाउनेछ।