नासाका फ​सेका दुई अन्तरिक्ष यात्रीले ग​रे अन्तरिक्ष भ्रमण (स्पेस वाक)
News Desk
Feb-01 तारिख 06:09 बिहान

नासाका दुई अन्तरिक्ष यात्री, सुनी विलियम्स र बुच विलमोर, अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (ISS) मा प्रवेश गरेको करिब आठ महिनापछि बिहीबार पहिलो पटक बाहिर निस्किएर अन्तरिक्ष भ्रमण (स्पेस वाक) गरेका छन्।

कमान्डर विलियम्स र विलमोरले स्टेशनको बाहिरी भागको मर्मत कार्य गर्न तथा पृथ्वीबाट प्रक्षेपण भएको समयमा भेन्टहरूमा अड्किएका सूक्ष्मजीवहरू अझै जीवित छन् कि भनेर सफा गर्न यो यात्रा गरेका हुन्। अन्तरिक्षबाट करिब ४२० किलोमिटर (२६० माइल) माथि निस्किँदै गर्दा विलमोरले उत्साहित हुँदै भने, "अब हामी जान्छौं।"

यो जोडी गत जुनमा अन्तरिक्ष स्टेसनमा आइपुगेका थिए, र सुरुमा केवल एक हप्ता बस्ने योजना थियो। तर, उनीहरूको सवारी, बोइङको स्टारलाइनर क्याप्सुल, प्राविधिक समस्यामा परेपछि नासाले त्यसलाई खाली फर्काउने निर्णय गर्‍यो। फलस्वरूप, उनीहरू अन्तरिक्षमा फस्न पुगे।

स्पेसएक्सको ढिलाइका कारण उनीहरूको प्रतिस्थापन टोलीको प्रक्षेपण मार्चको अन्त्य वा अप्रिलको सुरूमा मात्रै हुने देखिएको छ। त्यसैले, विलियम्स र विलमोरले लगभग १० महिना अन्तरिक्षमा बिताउने भएका छन्।

विलियम्सले केही हप्ता अघि नासाका अर्का अन्तरिक्ष यात्रीसँग अन्तरिक्ष भ्रमण गरेका थिए। तर, यो विलमोरको पहिलो स्पेस वाक हो। यद्यपि, दुबै अन्तरिक्ष यात्रीले अघिल्ला अन्तरिक्ष मिसनहरूमा धेरै पटक बाहिर निस्किसकेका छन्।