कर्मचारीलाई आफूले टिप्न सकेको पैसा लिन १५ मिनेटको समय दिएको भिडिओ भाइरल
News Desk
Feb-01 , 2025 तारिख 06:52 बिहान

एक चिनियाँ क्रेन कम्पनी हेनान माइनिङ क्रेन को लिमिटेड अहिले एउटा लामो टेबलमा ११ मिलियन अमेरिकी डलर अर्थात नेपाली झण्डै डेढ अर्ब रुपैयाँ फिँजाएर कर्मचारीलाई आफूले टिप्न सकेको पैसा लिन १५ मिनेटको समय दिएको भिडिओ भाइरल भएको हो। 

एजेन्सीहरुका अनुसार कम्पनीको वर्षान्तमा लाभांश वितरणको रुपमा यस्तो शैली अपनाइएको थियो। जुन कर्मचारीका लागि निकै अनौठो र रोचक अनुभव बन्न पुज्ञ्ो।

अहिले कर्मचारीले टेबलबाट पैसा टिपेका भिडिओहरु चिनियाँ सामाजिक सञ्जालमा भाइरल भइरहेका छन। डाउयिन र वेइबोजस्ता सामाजिक सञ्जालमा यो भिडिओ भाइरल भएको बताइएको छ। 

फुटेजमा कर्मचारीहरु पैसा टिप्न तँछाडमछाड गरिरहेको देख्न सकिन्छ। १५ मिनेटको समयमा एक कर्मचारीले १ लाख युआन अर्थात १९ लाख २८ हजार २२५ रुपैयाँ बटुल्न सफल भएका थिए। 

कम्पनीको बोनस बाँड्ने यो शैलीबारे सामाजिक सञ्जालमा आलोचना र प्रशंसा दुवै भएको बताइएको छ। 

तर कम्पनीले पहिलोपटक यसो गरेको भने होइन। सन २०२३ मा कम्पनीले वार्षिक समारोहका दौडान पनि धेरै ठूलो परिमाणमा पैसा बाँडेको थियो। 
 

धेरै पढिएको