टर्कीको राजधानी अङ्कारामा मदिरा सेवनबाट ३३ जनाको मृत्यु
News Desk
Feb-08 , 2025 तारिख 06:38 बिहान

टर्कीको राजधानी अङ्कारामा विषाक्त मदिरा सेवनबाट ३३ जनाको मृत्यु भएको छ भने अन्य २० जना अस्पतालमा उपचाररत रहेको बताएका छन। 

टर्कीमा अवैध उत्पादित मदिराबाट हुने विषाक्तता सामान्य छ। यहाँ सरकारले मदिरामा कर बढाएपछि निजी उत्पादन तीव्र रूपमा बढेको छ।

राज्य सञ्चालित एनादोलु समाचार एजेन्सीका अनुसार मादक पेय पदार्थ आपूर्ति गरेको आशङ्कामा ३२ जनालाई हिरासतमा लीएको छ।

अङ्कारा प्रान्तीय गभर्नरको कार्यालयले विषाक्त रक्सीको प्रयोगको विरुद्धमा सार्वजनिक चेतावनी जारी गरेको थियो।

अन्य शहरहरूमा पनि यस्तै घटनाहरू दर्ता गरिएको छ। इस्तानबुलमा जनवरीमा विषाक्त रक्सीको कारण कम्तीमा ९० जनालाई अस्पतालमा भर्ना गरिएको थियो, जसमा ३८ जनाको मृत्यु भएको थियो।

टर्कीका अधिकारीहरूले विषाक्त मदिराको उत्पादन र बिक्रीमा कडाइ गर्न प्रयासहरू तीव्र पारेका छन। साथै, अधिकारीहरूले जनतालाई इजाजत नभएका पेय पदार्थहरूबाट बच्न आग्रह गरेका छन।

धेरै पढिएको