टोरेन्टोमा अवतरणका क्रममा विमान दुर्घटना
News Desk
Feb-18 , 2025 तारिख 06:19 बिहान

क्यानडाको टोरेन्टोमा अवतरणका क्रममा विमान दुर्घटना भएको छ । दुर्घटनामा तीनजना गम्भीर घाइते भएका छन। 

विमानमा ८० जना सवार थिए। सबैलाई विमानबाट निकालेर सुरक्षितस्थानमा राखिएको अमेरिकी संघीय उड्डयन प्रशासनले जनाएको छ। 

प्रहरीले दुर्घटनाको वरपरको परिस्थितिबारे केही बताएको छैन। विमान दुर्घटनापछि २६ उडान डाइभर्ट गरिएका छन।

क्यानडाकी यातायात मन्त्री अनिता आनन्दले घटनालाई गम्भीररूपमा लिएको प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ।

धेरै पढिएको