युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको समयावधि सकिएकाले निर्वाचन गराउनु पर्छ : बेलायतका लागि रुसी राजदूत
News Desk
Feb-21 , 2025 तारिख 06:04 बिहान

बेलायतका लागि रुसी राजदूत आन्द्रेई केलिनले युक्रेनमा चुनाव गराउनु आवश्यक रहेको बताएका छन। बीबीसीको न्युजनाइट कार्यक्रममा उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको समयावधि सकिएकाले निर्वाचन हुनुपर्ने बताएका हुन। 

युक्रेनमा जारी युद्ध अन्त्य गर्ने विषयमा हालै अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोबबीच साउदी अरेबियामा शान्ति वार्ता भएको थियो। तर वार्तामा आफूलाई नबोलाइएकाले सहमति मान्य नहुने जेलेन्स्कीले बताएका थिए।

रुसले युक्रेनका विषयमा झुट बोलेको आरोप लगाउँदै उनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प त्यसैमा रुमलिएको टिप्पणी गरेका थिए। जसको जवाफमा ट्रम्पले भोलोदिमिर जेलेन्स्की चुनावबिनाको तानाशाह भनेका थिए। 

जेलेन्स्कीको राष्ट्रपतीय कार्यकाल मे २०२४ मा समाप्त हुने थियो। तर फेब्रुअरी २०२२ मा रुसले आक्रमण गरेपछि युक्रेनमा मार्सल  ल लागू गरिएको छ, जसका कारण चुनाव हुन सकेको छैन।

धेरै पढिएको