रुसी सैन्य अदालतले एक हजारभन्दा बढी व्यक्तिलाई सुनायो आतंकवादी आरोपको सजाय
News Desk
Feb-21 , 2025 तारिख 09:32 बिहान

युक्रेन आक्रमणका क्रममा भएको व्यापक अभियोजनको सिलसिलामा गत वर्ष रुसी सैन्य अदालतले एक हजारभन्दा बढी व्यक्तिलाई आतंकवादी आरोपमा सजाय सुनाएको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले यसबारे जानकारी दिएका हुन।

रुसका गोप्य सैन्य अदालतहरूले पक्राउ परेका युक्रेनी सैनिकहरू, किएभसँग काम गरेको वा मस्कोको सेनालाई तोडफोड गरेको आरोप लागेका रुसीहरू, क्रेमलिनका घरेलु विरोधीहरू र कथित कट्टरपन्थी र आतंकवादी समूहहरूमाथि मुद्दा चलाउँछन।

‘आतंकवादी प्रकृतिका फौजदारी मुद्दाहरूको फैसला गर्न सैन्य अदालतहरूको महत्त्वपूर्ण भूमिका छ’, रुसका शीर्ष न्यायाधीशहरूलाई सम्बोधन गर्दै पुटिनले भने, ‘गत वर्ष करिब नौ सय ५० यस्ता मुद्दाहरू हेरिएका थिए र एक हजार ७५ जनालाई सजाय दीएको थियो।’

रुसले नियमित रूपमा युक्रेन आक्रमणको विरोध गर्नेहरूका साथै पक्राउ परेका युक्रेनी सैनिकहरूलाई राजद्रोह र आतंकवादी आरोपमा सजाय दिने गर्छ।

जेनेभा महासन्धिले युद्धबन्दीहरू ९पिओडब्लु० लाई सशस्त्र कारबाहीमा भाग लिएको आरोपमा अभियोजन गर्न निषेध गर्छ।

मस्कोले सन २०२४ मार्चमा मस्को कन्सर्ट हलमा भएको नरसंहारपछि कथित जिहादी कक्षहरूलाई पनि लक्षित गरेको छ। इस्लामिक स्टेटले दावी गरेको उक्त आक्रमणमा १४५ जनाको मृत्यु भएको थियो। 

ओभिडी–इन्फो अधिकार समूहले हाल रूसी जेलमा ‘राजनीतिक कारण’ का लागि एक हजार चार सय जनालाई पहिचान गरेको छ भने अभियोजकहरूले अन्य कुनै पनि आरोपभन्दा बढी ‘आतङ्कवाद’ को आरोप प्रयोग गरेका छन। 

यस्ता मुद्दाहरू सैन्य र नागरिक दुवै अदालतमा सुनुवाइ गरिन्छ। प्रायः बन्द इजलासमा, जसले दमनको वास्तविक मात्रा पत्ता लगाउन कठिन बनाउँछ।

बिहीबार पुटिनले रुसी न्यायाधीशहरूको ‘समर्पण’ को प्रशंसा गरे।

धेरै पढिएको