पुटिन र सी चिनफिङबीच फोनवार्ता
News Desk
Feb-25 , 2025 तारिख 07:09 बिहान

युक्रेन युद्धको तेस्रो वर्षगाँठकै दिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच फोनवार्ता भएको छ। बेइजिङ र मस्को दुवैले वार्ताको पुष्टि गरेका छन।
वार्तामा सीले दुई देशबीच ‘असीमित साझेदारी’ रहेको उल्लेख गरेका छन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध समाप्त गर्न पहल गरिराखेको बेला यी दुई नेताबीच कुराकानी भएको हो।

बेइजिङका अनुसार पुटिनले सीलाई फोन गरेर गतसाता साउदी अरबमा भएको रुस–अमेरिका वार्ताबारे जानकारी गराएका हुन।

पुटिनले युक्रेन युद्धको मुख्य कारण समाप्त पार्ने प्रतिबद्धता जनाउँदै दिगो शान्तिका लागि प्रतिबद्धता जनाएको चीनको भनाइ छ।

सीले भने दुई देशबीचको रणनीतिक र विकास साझेदारी अर्को कुनै देशप्रति लक्षित नभएको स्पष्ट पारेका छन। 

चीन र रुसको विकास र रणनीति र विदेश नीति दीर्घकालीन छ,’ सीले भनेका छन।

धेरै पढिएको