News Desk
अमेरिकाले युक्रेनलाई पैसा दिँदा दिँदा आफूहरू थाकिसकेको टिप्पणी गरेको छ।
राष्ट्रपति कार्यालय ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेविटले यस्तो टिप्पणी गरेकी हुन।
ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुराकानी गर्दै उनले युक्रेनी राष्ट्रपति जेलेन्स्की रूससँगको युद्धले निम्त्याएको संकट स्वीकार गर्न तयार नभएको बताइन।
यो युद्ध धेरै वर्षदेखि चलिरहेको छ। उनका नागरिक मरिरहेका छन। लेविटले भनिन्, युद्धको बिल भुक्तानी गर्दा गर्दा अमेरिकी नागरिक थाकिसकेका छन।
अहिलेको परिस्थिति युक्रेनका राष्ट्रपतिको पक्षमा नभइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा रहेको उनको दाबी छ।
ट्रम्पको प्राथमिकता विगतको अमेरिकी प्रशासनभन्दा फरक छ, उनी युद्धको अन्त्य चाहन्छन। ‘तर जेलेन्स्की युद्धको अन्त्य नचाहने मुडमा देखिए।’ लेविटले भनिन।
यसअघि ह्वाइट हाउसमा भएको भेटका क्रममा ट्रम्प र जेलेन्स्कीबीच भनाभन भएको थियो। यस विषयलाई लिएर अमेरिकाको विपक्षी डेमोक्रेटिक पार्टीका थुप्रै नेताले राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भेन्सले जेलेन्स्कीमाथि गलत व्यवहार गरेको आरोप लगाएका बीबीसीले जनाएको छ।