News Desk
अमेरिकाले यूएसएडका अधिकांश कार्यक्रम रद्द गरेको छ। विदेशमन्त्री मार्को रुबियोले ६ हप्ताको समीक्षापछि ८३ प्रतिशत कार्यक्रम रद्द गरिएको जानकारी दिएका छन।
यूएसएडअन्तर्गत ५ हजार २ सय सम्झौता रद्द गरिएको उनको भनाइ छ। जसमा भएको अर्बौं डलर खर्चले अमेरिकाको हित नगरेको बरु केही कार्यक्रमले त अहित गरेको रुबियोले बताएका छन।
‘६ हप्ताको समीक्षापछि हामीले औपचारिक रुपमा यूएसएडका ८३ प्रतिशत कार्यक्रम रद्द गर्दैछौँ,’ रुबियोले एक्समा लेखेका छन्, ‘संसदसँगको परामर्शमा १८ प्रतिशत कार्यक्रम हामी जारी राख्ने छौँ। जसको सञ्चालन अझ प्रभावकारी रुपले विदेश मन्त्रालय अन्तर्गत हुने छ।’
उता, अदालतले सोमबारसम्ममा सो एजेन्सीको २ अर्ब डलर खर्च तिर्न समयसीमा तोकेको छ। यो निर्णयले सो आदेशमा के असर गर्छ, स्पष्ट छैन।