रेल अपहरणमा अफगानिस्तानको हात : पाकिस्तान
News Desk
Mar-14 , 2025 तारिख 07:07 बिहान

पाकिस्तानले बलुचिस्तानमा जाफर एक्सप्रेस रेल अपहरणमा अफगानिस्तानको हात रहेको आरोप लगाएको छ।

पाकिस्तानी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै बलुच लिबरेशन आर्मी विद्रोहीहरूले अपहरणका क्रममा अफगानिस्तानमा बसेका आफ्ना नेताहरूसँग सम्पर्क गरेको दावी गरेको छ।

यसप्रति तालिवानले कडा प्रतिक्रिया दिएको छ। तालिबान विदेश विभागका प्रवक्ता अब्दुल कहर बल्खीले पाकिस्तानले यस्ता गैरजिम्मेवार टिप्पणी गर्नुको साटो आफ्नो सुरक्षा र आन्तरिक समस्या समाधानमा ध्यान दिनुपर्ने बताएका छन।

अब्दुल कहर बल्खीले लेखेका छन्, ‘पाकिस्तानी सेनाका प्रवक्ताले बलुचिस्तान प्रान्तमा यात्रुवाहक रेलमा भएको हमलालाई अफगानिस्तानसँग जोडेको आरोपलाई हामी स्पष्ट रूपमा अस्वीकार गर्छौं र पाकिस्तानलाई त्यस्ता गैरजिम्मेवार टिप्पणी गर्नुको सट्टा आफ्नो सुरक्षा र आन्तरिक समस्या समाधानमा ध्यान दिन आग्रह गर्छौँ।’

मंगलबार बलुचिस्तान प्रान्तमा  क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेस ट्रेनलाई बलुच लिबरेशन आर्मीले अपहरण गरेको थियो। यो ट्रेन सुरुङ नजिकैको ट्र्याकमा विस्फोट गराइएको थियो।

यस ट्रेनमा पाकिस्तानी सुरक्षा बलका १०० भन्दा बढी सैनिक थिए, जसलाई अझै पनि बलुच लिबरेशन आर्मीले बन्धक बनाएको छ। उनले बाँकी बन्धकहरूलाई रिहा गरे, जसमा बालबालिका, महिला र बलुच यात्रुहरू थिए।

धेरै पढिएको