News Desk
शनिबार राति अमेरिकाले यमनमा आक्रमण गरेको छ। यमनमा हुथी विद्रोहीलाई लक्ष्य गरेर अमेरिकाले ठूलो आक्रमण गरेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीविरूद्ध सैन्य कारबाही चलाउन निर्देशन दिएपछि यमनमा आक्रमण भएको बताएका छन।
ंहुथी आतंककारी विरूद्ध यमनमा शक्तिशाली र निर्णायक कारबाही गर्नका लागि मैले अमेरिकी सेनालाई निर्देशन दिएको छु। उनीहरूले डकैती, हिंसा र आतंकवादको निरन्तर अभियान चलाएका छन्,ं ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन।
ट्रम्पको निर्देशनपछि यमनको राजधानी सना र उत्तरी राज्य सदामा अमेरिकी सेनाले आकाश र समुद्रबाट आक्रमण गरेको भनेर समाचार संस्था रोयटर्रसले लेखेको छ।
यसले हुथीको प्रतिरक्षा प्रणाली, राडार, मिसाइल र ड्रोन प्रणालीहरूलाई निसाना बनाएको न्युयोर्क टाइम्सले जनाएको छ।
आक्रमणमा परी सनामा १३ सर्वसाधरण मारिएका छन भने ९ जना घाइते भएका छन। सदामा ६ जनाको मृत्यु भएको हुथीको अल मसिरा टेलिभिजनलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ।
हुथीलाई समर्थन र सहायता तत्काल बन्द नगरे उनीहरूमाथि ंनर्क बर्सिनेछं भनेर ट्रम्पले इरानलाई चेतावनी समेत दिएका छन।
ंयदी इरान अमेरिकालाई धम्की दिन्छ भने त्यसको जबाफदेहीता उनीहरू नै हुनेछन र अमेरिका यसपटक नरम हुन सक्दैन,ं ट्रम्पको भनाइ उद्धृत गर्दै रोयटर्सले लेखेको छ।
हुथीको राजनीतिक विभागले यसलाई युद्ध अपराध भनेका छन। उनीहरूले यसको पूर्ण रूपमा जबाफ दिन यमनी सशस्त्र बलहरू तयार रहेको पनि बताएका छन।
ंधमाकाहरु भयानक थिए। भूकम्पले जस्तै हल्लाएको थियो। बालबालिकाहरू अत्यन्त डराएका थिए,ं अब्दुल्लाह याहिया नाम गरेका एक स्थानीयले रोयटर्सलाई भने।
रेड सी भएर चल्ने जहाजहरूमा हुथीले मिसाइल आक्रमण गर्ने गरेको बताउँदै अमेरिका र बेलायतले यसअघि पनि पटकपटक यमनमा आक्रमण गरेका थिए।
हूथी विद्रोहीहरूले गाजामा हमाससँग इजरायलको युद्धमा प्यालेस्टिनीहरूसँग ऐक्यबद्धता जनाउन आक्रमण गरेको बताउँदै आएका छन।
रोयटर्सका अनुसार २०२३ यता हुथीले रेड सीमा १०० भन्दा बढी आक्रमण गरेका छन।