News Desk
अमेरिकामा आँधीका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ।मृतकमध्ये मिसौरीका १२ र कन्सासका ८ जना रहेको बीबीसीले जनाएको छ।
यो खतरनाक आँधीले अमेरिकाका दक्षिण-पूर्वी राज्यहरूमा ठूलो क्षति पुर्याएको छ।
धेरै सवारीसाधन पल्टिएका छन भने थुप्रै घरमा क्षति पुगेको छ।
ट्र्याकर पावरआउटेजका अनुसार ७ राज्यका २ लाख ५० हजारभन्दा बढी घरमा बिजुली छैन।
मिसिगन, मिसौरी र इलिनोइस राज्यमा विद्युत विच्छेद भएको हो।