News Desk
डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीचको टेलिफोन संवाद सुरु भएको ह्वाइट हाउसका अधिकारीले पुष्टि गरेका छन। युक्रेनमा युद्धविरामको प्रयासस्वरुप उनीबीच कुराकानी भएको हो। ह्वाइट हाउसका डेपुटी चिफ अफ स्टाफ ड्यान स्काभिनोले ट्रम्प हाल पुटिनसँग कुरा गरिरहेको बताएका हुन।
ट्रम्प सत्तामा आएयता उनीबीचको यो दोस्रो सिधा कुराकानी हो। ट्रम्पले यसअघि आफू सो कुराकानीको प्रतीक्षामा रहेको बताएका थिए। उनले जमिन, परमाणु भट्टी र निश्चित सम्पत्ति बाँडटफाँटका लागि छलफल हुने उनले बताएका थिए।