५ देखि १० वर्षभित्र अमेरिकालाई नेटो गठबन्धनबाट विस्थापित गर्ने युरोपका ठूला सैन्य शक्तिहरूको योजना
News Desk
Mar-23 तारिख 06:51 बिहान

युरोपका ठूला सैन्य शक्तिहरूले ५ देखि १० वर्षभित्र अमेरिकालाई नेटो गठबन्धनबाट विस्थापित गर्ने योजना बनाउन थालेका छन। युरोप महादेशको रक्षाको जिम्मेवारी आफैँले लिने र सो जिम्मेवारी व्यवस्थित रूपमा हस्तान्तरण गर्नका लागि ट्रम्प प्रशासनलाई प्रस्ताव गर्ने तयारी पनि ती मुलुकहरूको छ।

अमेरिका अचानक आफूखुसी नेटोबाट बाहिरिएको अवस्थामा हुने भद्रगोललाई रोक्ने प्रयासमा ती मुलुकहरू छन। आठ दशकदेखि अमेरिकी सुरक्षा छातामा रहेका युरोपेलीहरू ट्रम्पले बारम्बार नेटो छाड्ने धम्कीबाट त्रसित छन।

यसरी अमेरिकाले लिएको जिम्मेवारी आफ्नो काँधमा सार्ने विषयमा बेलायत, फ्रान्स, जर्मनी र नर्डिक मुलुकहरू अनौपचारिक छलफलमा रहेको युरोपेली अधिकारीहरूले बताएका छन। उनीहरूको उदेश्य जुन महिनामा हेगमा हुने नेटोको वार्षिक सम्मेलनअघि अमेरिकाको काँधबाट वित्तीय तथा सैन्य बोझ युरोपेलीहरूको काँधमा सार्ने योजना तयार गर्नु हो।

धेरै पढिएको