News Desk
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पेरिसमा युक्रेनका मित्र राष्ट्रहरूको सम्मेलनमा बेलायती प्रधानमन्त्री केयर स्टारमरसँग विभिन्न देशका नेतासँग भएका बैठकको नतिजाबारे छलफल गरेको बताएका छन।
जेलेन्स्कीले रुस वास्तविक शान्ति नचाहने र युद्ध लम्ब्याउन चाहने आरोप लगाएका छन।
उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘बैठकमा युक्रेनलाई सहयोग गर्ने र युरोपको सुरक्षाबारे छलफल भयो। यस बैठकमा सबै देशले रुसले आक्रामक अडान नछाडेसम्म प्रतिबन्ध हटाउन नहुने कुरामा सहमति जनाए। युक्रेनलाई सुरक्षा ज्ञ्ारेन्टी प्रदान गर्ने काम भविष्यमा पनि जारी रहनेछ।’
युक्रेनलाई समर्थन गर्ने दृढ इच्छाशक्ति देखाएकामा जेलेन्स्कीले बेलायत र फ्रान्सका नेताहरूलाई धन्यवाद दिएका छन।
उनले भनेका छन्, ‘हाम्रो एकता र युरोप र अमेरिकासँग काम गर्ने इच्छाशक्तिले रुसलाई शान्ति स्थापना गर्न बाध्य पार्नेछ।’