कर​ घोष​णा प​स्चात​ ट्रम्प : 'अपरेसन पूरा भयो!'
News Desk
Apr-04 , 2025 तारिख 06:59 बिहान

पारस्परिक कर घोषणापछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिले सामाजिक सञ्जाल पोस्ट गरेका छन।

ट्रुथ सोशल प्लेटफर्मं मा उनले अपरेसन पूरा भएकों लेखेका हुन। 

ट्रम्पले लेखेका छन्, ‘अपरेसन पूरा भयो! बिरामी बाँचे र निको हुँदै छन। बिरामी पहिलेभन्दा बलियो, ठूलो, राम्रो र बढी सक्षम हुनेछजस्तो देखिन्छ। अमेरिकालाई फेरि महान बनाऔँ!’

यसअघि ट्रम्पले विभिन्न देशबाट अमेरिका आयात हुने सामान भन्सार शुल्कको लामो सूची घोषणा गरेका छन।

अमेरिकी समयअनुसार अप्रिल ५ देखि बेलायतलगायत धेरैजसो देशहरूमा १० प्रतिशत आधारभूत भन्सार शुल्क लागू हुनेछ भने अप्रिल ९ देखि अमेरिकाका केही ठूला व्यापारिक साझेदारमा उच्च आयात शुल्क लगाइनेछ।

धेरै पढिएको