सम्भावित नयाँ आणविक सम्झौताबारे अमेरिका र इरानबीच ‘प्रत्यक्ष वार्ता’ हुन्छ : ट्रम्प
News Desk
Apr-09 , 2025 तारिख 07:25 बिहान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्भावित नयाँ आणविक सम्झौताबारे अमेरिका र इरानबीच ‘प्रत्यक्ष वार्ता’ हुने बताएका छन। 

तर उनले यसो भनेको केही घण्टापछि इरानी विदेशमन्त्रीले भने ओमानमा हुने वार्ता ‘अप्रत्यक्ष’ हुने बताएका छन।

ट्रम्पले आफ्नो पहिलो राष्ट्रपति कार्यकालमा इरान आणविक सम्झौताबाट अमेरिकालाई अलज्ञ्ाएका थिए।

हालै ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रममा अमेरिकासँग सम्झौता गरेन भने बम हान्ने र थप भन्सार शुल्क लगाउने धम्की दिएका थिए। 

जवाफमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले धम्की दिए पनि अमेरिकाले त्यस्तो नगर्ने बताएका थिए। 

तर हमला गरे अमेरिकाले पनि गम्भीर प्रहार भोग्नुपर्ने चेतावनी दिएका थिए।

धेरै पढिएको